गगनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने विश्वप्रकाशको तयारी
काठमाडौं । नेपाली कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उमेदवार घोषणा गरेको छ । केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिएका छन ।
बैठकलगत्तै उनले प्रधानमन्त्रीको उमेदवार किन घोषणा गर्नुपर्यो भन्ने धारणा राखेका थिए । ६ वटा बुँदा अघि सार्दै सातौँ बुँदामा उनले थापालाई प्रधानमन्त्रीको उमेदवार घोषणा गरिएको जानकारी गराए ।
उनले भने–कांग्रेसका नवनिर्वाचित सभापति गगन कुमार थापालाई प्रधानमन्त्रीको उमेदवार घोषणा गरेका छौँ ।”
