फिल्म ‘कल्ली’ मा पूजा शर्माको आइटम डान्स

 फिल्म ‘कल्ली’ मा पूजा शर्माको आइटम डान्स

काठमाडौँँ । आगामी फागुन १ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘कल्ली’मा अभिनेत्री पूजा शर्माले आइटम डान्स गरेकी छन् । उनले फिल्ममा आइटम डान्स गरेको पहिलो पटक हो । दुई दिन काठमाडौँको चोभारमा छायांकन गरिएको ‘क्या राम्री’ बोलको गीतमा आशिष अविरलको संगीत र मेलिना राईको स्वर रहेको छ । रामजी लामिछानेले गीतको कोरियोग्राफी गरेका हुन् ।

गीतमा पूजासँगै उत्तम प्रधान, किरण श्रेष्ठ र सुलक्षण भारतीले पनि नृत्य गरेका छन् । अर्थात् दर्शकले उत्तम र पूजालाई गीतमा एकसाथ देख्न पाउनेछ । यो गीत खिचिएसँगै फिल्मको सम्पूर्ण छायांकन पूरा भएको छ । गीतसहित ६० दिनमा फिल्मको छायांकन सकिएको निर्माता किरण नेपालीले जानकारी दिए । यसअघि उच्च हिमाली जिल्ला जुम्लामा फिल्मको छायांकन गरिएको थियो ।

लक्ष्मण सुनारको निर्देशनमा बनेको यस फिल्ममा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, सुलक्षण भारती, नाजिर हुसेन, वर्षा राउत, बेगम नेपाली, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, अर्जुन गुरुङ, गीता अधिकारी लगायतको अभिनय रहेको छ । बाल कलाकारहरूमा उपेश ढकाल, मञ्जिला बाँनिया र समर्पण खतिवडा छन् ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *