चुनावी खर्च अब बैंकमार्फत मात्र: उम्मेदवारलाई खाता खोल्न आयोगको निर्देशन

 चुनावी खर्च अब बैंकमार्फत मात्र: उम्मेदवारलाई खाता खोल्न आयोगको निर्देशन

Photo:Rajan Kafle

काठमाडौँ  । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनमा हुने खर्चलाई पारदर्शी बनाउन उम्मेदवार र राजनीतिक दलहरूका लागि अनिवार्य बैंक खाताको व्यवस्था गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ।

निर्वाचन आचारसंहिता बमोजिम उम्मेदवारले चुनावी खर्च गर्दा छुट्टै खाता खोली बैंकमार्फत मात्र कारोबार गर्नुपर्ने भएकाले आयोगले यस्तो सहजीकरणको माग गरेको हो।

नयाँ व्यवस्था अनुसार २५ हजार रुपैयाँभन्दा बढीको आर्थिक सहयोग लिँदा अनिवार्य बैंकमार्फत लिनुपर्नेछ भने व्यक्तिगत वा संस्थागत रूपमा प्राप्त हुने नगद सहयोगलाई समेत रसिद काटेर बैंक खातामै जम्मा गर्नुपर्ने प्रावधान छ।

प्रत्यक्ष र समानुपातिक दुवैतर्फका उम्मेदवार तथा दलहरूलाई लागू हुने यो बैंकिङ प्रणाली निर्वाचन सम्पन्न भएर आयोगले बन्द गर्न निर्देशन नदिएसम्म सञ्चालनमा रहनेछ। यसले चुनावी खर्चलाई स्वच्छ, मितव्ययी र पारदर्शी बनाउन मद्दत पुग्ने आयोगको विश्वास छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *