हेटौँडाको महाशक्ति साबुन उद्योगमा भीषण आगलागी, करोडौँको क्षति

 हेटौँडाको महाशक्ति साबुन उद्योगमा भीषण आगलागी, करोडौँको क्षति

काठमाडौँ । हेटौँडाको महाशक्ति साबुन उद्योगमा आगलागी भएको छ। हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको हो।

साबुन उद्योग नजिकै तयारी साबुन र कच्चा पदार्थहरू राख्न निर्माण गरिएको गोदाममा गए राति अचानक विद्युत् सर्ट भई आगलागी हुँदा गोदामभित्र रहेका सम्पूर्ण साबुन, कच्चा पदार्थ, प्याकिङ गर्ने समान जलेर नष्ट भएको उद्योगका व्यवस्थापक प्रकाश बुढाथोकीले जानकारी दिएका छन ।

“आगलागीमा कतिको क्षति भयो भने तत्काल एकिन गर्न सकिँदैन”, उनले भने, “तथ्यांक हेरेपछि मात्र क्षतिको एकिन गर्न सकिन्छ, तर गोदाममा रहेको कुनै पनि सामान जोगिएको छैन, सबै खरानी भइसकेको छ ।” यसो हेर्दा करिब १०–१२ करोड मूल्य बराबरकै क्षति भएको हुनसक्ने अनुमान गर्न सकिन्छ”, उनले भने ।

मध्यरातमा अचानक आगो लागेपछि तत्काल सुरक्षा निकायलाई जानकारी गराएर आगो निभाउने प्रयास गरिए पनि तत्काल आगो नियन्त्रणमा लिन नसक्दा बढी क्षति भएको व्यवस्थापक बुढाथोकीको भनाइ छ ।

आगो लागेलगत्तै हेटौँडा उपमहानगरपालिकाबाट आएको दुई वटा बारुणयन्त्र, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली र स्थानीयहरूको प्रयासमा अहिले केही बेरअघि आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसबारे आधिकारिक पुष्टि हुन बाँकी छ।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *