सुनको मूल्य तोलाको ३ लाख नाघ्यो, चाँदी पनि महँगियो

 सुनको मूल्य तोलाको ३ लाख नाघ्यो, चाँदी पनि महँगियो

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा दुई हजार चार सय रुपैयाँले बढेर तीन लाख ३ हजार आठ सय रुपैयाँमा कारोबार भएको जनाएको छ ।

शुक्रबार सुन प्रतितोला ३ लाख एक हजार ४ सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २९० रुपैयाँले बढेर प्रतितोला ६ हजार ४ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।शुक्रबार चाँदी प्रतितोला ६ हजार १ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *