महालेखा नियन्त्रकको कडा कदम : सरकारी रकम नतिर्ने ५२ जनाको सूची सार्वजनिक

 महालेखा नियन्त्रकको कडा कदम : सरकारी रकम नतिर्ने ५२ जनाको सूची सार्वजनिक

काठमाडौँ। महालेखा नियन्त्रक कार्यालयले लामो समयदेखि सरकारी बाँकी रकम नबुझाउने ५२ जना व्यक्तिहरूको तीनपुस्ते विवरण सार्वजनिक गरेको छ। पटक-पटक पत्राचार र वेबसाइटमार्फत आग्रह गर्दा पनि अटेर गरेपछि कार्यालयले आज सार्वजनिक सूचना जारी गर्दै अन्तिम चेतावनी दिएको हो।

महालेखा नियन्त्रकको कार्यालय अन्तर्गतको कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालय बबरमहलले ती व्यक्तिको नाम, ठेगाना र तिर्नुपर्ने रकमसहितको विवरण आज सार्वजनिक गर्दै ३५ दिनभित्र साँवा ब्याज तिर्न निर्देशन दिएको छ । अन्यथा तोकिएको समयभित्र रकम नतिरेमा प्रचलित कानुन बमोजिम ऋणीहरूको चल-अचल सम्पत्ति, बैंक खाता र सेयर रोक्का गरी सरकारी बाँकी असुल उपर गरिने कार्यालयले जनाएको छ।

सार्वजनिक सूचनामा लेखिएअनुसार यसरी विवरण सार्वजनिक गर्दा वा कारबाही गर्दा व्यक्तिको सामाजिक वा आर्थिक प्रतिष्ठामा पुग्ने क्षतिप्रति कार्यालय जिम्मेवार हुने छैन।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *