महिला टी–२० विश्वकप छनोट: घरेलु मैदानमै नेपाल समूह चरणबाटै आउट

 महिला टी–२० विश्वकप छनोट: घरेलु मैदानमै नेपाल समूह चरणबाटै आउट

काठमाडौँ । घरेलु मैदानमा जारी आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डसँग पराजित भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको छ।

टीयू क्रिकेट मैदानमा भएको खेलमा स्कटल्यान्डले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपालले कमजोर ब्याटिङ प्रदर्शन गर्दै लक्ष्य पूरा गर्न सकेन। नेपालका लागि बिन्दु रावल र रोमा थापाले समान १४–१४ रन जोडे। बलिङतर्फ स्कटल्यान्डकी अब्ताहा मक्सुदले ३ विकेट लिइन्।

यसअघि ब्याटिङ गरेको स्कटल्यान्डलाई १४० रनमै समेट्न नेपालकी मनिषा उपाध्यायले ४ र रुबिना क्षेत्रीले ३ विकेट लिएकी थिइन्।

समूह चरणमा नेपालले एक खेल मात्रै जित्न सफल भयो। यस समूहबाट नेदरल्याण्ड्स, स्कटल्यान्ड र थाइल्याण्ड सुपर सिक्समा प्रवेश गरेका छन्।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *