सुनको मूल्यमा ऐतिहासिक कीर्तिमान, प्रतितोला ३ लाख ९ हजार पुग्यो

 सुनको मूल्यमा ऐतिहासिक कीर्तिमान, प्रतितोला ३ लाख ९ हजार पुग्यो

काठमाडौं । लगातार बढिरहेको सुनको मूल्यले नेपाली बजारमा आज पनि नयाँ रेकर्ड कायम गरेको छ। सोमबार (आज) पनि सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन तोलामै ५२ सयले बढेको हो । ५२ सय बढेपछि सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो दिन तीन लाख तीन हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै,  चाँदीको मूल्य पनि तोलामा २७५ रुपैयाँले बढेर प्रतितोला ६ हजार ७६५ रुपैयाँ पुगेको छ महासंघले जनाएको छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *