मोबाइल र कम्प्युटर स्लो भयो ? यी उपाय अपनाउनुस् मेमोरी जोगाउन र द्रुत बनाउन

 मोबाइल र कम्प्युटर स्लो भयो ? यी उपाय अपनाउनुस् मेमोरी जोगाउन र द्रुत बनाउन

काठमाडौं । मोबाइललगायतका डिभाइस चलाउनेहरूले प्रायः फोनको मेमोरी पूर्ण रुपमा भरिने समस्याको सामना गर्दछन् र यो समस्याले डिभाइसलाई सुस्त बनाउँछ।

यो समस्याको लागि समाधानहरू भने सोचेभन्दा सरल नै छन्। यसका लागि शुरुमा फोनको मेमोरी वा डिभाइस केयर सेक्सनमा स्पेस जाँच गर्न सकिन्छ। के के कुराले कति स्पेस ओगटेको छ भन्ने थाहा पाउन सकिन्छ।

साथै एप्लिकेशन, फोटो, भिडियो र डाउनलोड गरिएका फाइलहरूले गर्दा मेमोरी पूर्ण रुपमा भरिने गर्दछन्। यी निम्न चरणहरुमार्फत् स्पेसको प्रयोग कसरी भइरहेको छ जाँच गर्न सकिन्छ।

आफ्नो फोनको सेटिङहरूमा गएर र सबैभन्दा धेरै स्पेस ९ठाउँ० के कुराले ओगटेको छ भनेर हेर्न मेमोरी वा डिभाइस सेक्सन चयन गर्नुहोस्।

  •  डाउनलोड फोल्डरहरूबाट फाइलहरू मेटाउनुहोस्।
  •  बारम्बार प्रयोग हुने एप्लिकेसनहरूको क्यास खाली गर्नुहोस्।
  • रिसाइकल बिन-ट्र्यास खाली गर्नुहोस्।
  •  तपाईंलाई आवश्यक नभएका डुप्लिकेट फोटोहरू वा स्क्रिनसटहरू मेटाउनुहोस्।
  •  तपाईंले लामो समयदेखि प्रयोग नगरेका एप्लिकेसनहरू अनइन्स्टल गर्नुहोस्।

थर्ड–पार्टि क्लिनिङ (तेस्रो–पक्ष सफाई) एप्लिकेसनहरू खतरनाक हुन सक्ने विज्ञहरूले चेतावनी दिएको हुनाले प्रणालीको बिल्ट–इन उपकरणहरू प्रयोग गर्नु राम्रो हुने उल्लेख गरिएको छ।

मेमोरी छिटो भरिनबाट बच्नको लागि क्लाउडमा ब्याकअप लिन सकिन्छ भने नियमित रूपमा अनावश्यक फाइलहरू मेटाउन सकिन्छ।

यसरी केही सरल चरणहरूको साथ प्रयोगकर्ताहरू आफ्नो फोन लामो समयसम्म द्रुत र अझ राम्ररी काम गर्ने बन्न सक्छ।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *