सहकारी सम्बन्धि अन्तरक्रिया तथा आम प्रशिक्षण कार्यक्रम सम्पन्न
साना किसान विकास लघुवित्त वित्त वित्तीय संस्था लि. को आयोजनामा चितवनको भरतपुरमा एक दिने आम प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
चितवन जिल्लाका प्रारम्भिक संस्थाका सञ्चालक, लेखा समिति, सदस्य, कर्मचारी लगायतको सहभागितामा भएको आम प्रशिक्षण कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. का अध्यक्ष खेम बहादुर पाठक, सञ्चालक सुखदेव न्यौपाने, नेपाल कृषि सहकारी केन्द्रीय संघ लि.का अध्यक्ष एकराज उप्रेती, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.का प्रमुख कार्यकारी अधिकृत बासु अधिकारी, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि.का नायब प्रमुख कार्यकारी अधिकृत झलेन्द्र भट्टराई लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमा बोल्ने बक्ताहरुले सहकारीमा सुशासन र संस्थागत दिगो विकासका लागि सहकारीकर्मीहरुको महत्वपूर्ण भूमिका रहने बताउनुभएको थियो ।
उहाँहरुले सहकारी कस्तो बनाउने भन्ने विषयमा सहकारीका सञ्चालक, कर्मचारी र सदस्यहरुले सोच्नुपर्ने भन्दै सहकारीलाई समुदायमा आधारीत बनाई समुदायको हितका लागि प्रयोग गर्न सके कुनै समस्या नआउने धारणा राख्नुभयो ।
सहकारीले आफ्ना सदस्यहरुको उत्पादनको बजारीकरण गर्दै सदस्यहरुको आयआर्जन वृद्धि गर्नेतर्फ आफ्नो योजना बनाउँदै, महिला, युवा र गरिब किसानहरुलाई एकसाथ अगाडि बढाउन सहकारी अग्रसर हुनुपर्नेमा जोड दिनुभएको थियो ।
साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. को आयोजनामा देशका विभिन्न जिल्लामा सहकारी आम प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेको छ ।
