इतिहासकै महँगो भयो सुन, एकैदिन साढे २० हजारको रेकर्ड वृद्धि

 इतिहासकै महँगो भयो सुन, एकैदिन साढे २० हजारको रेकर्ड वृद्धि

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार (माघ १५) सुनको मूल्य तोलामै २० हजार ५०० रुपैयाँले बढेको छ । हो इतिहासकै उच्च मूल्य हो ।

अब उपभोक्ताले एकतोला सुन किन्न तीन लाख ३९ हजार ३०० रुपैयाँ खर्चिनुपर्ने भएको छ ।बुधबार प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँ थियो ।

त्यसैगरी, चाँदीको मूल्य तोलामा २०५ रुपैयाँले बढेर सात हजार ५०५ रुपैयाँ पुगेको छ । हिजो प्रतितोला सात हजार ३०० रुपैयाँ थियो ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *