चुनावको पूर्वसन्ध्यामा राष्ट्रपतिको उच्चस्तरीय वैदेशिक भ्रमण, मन्त्रिपरिषद्‍ले दियो स्वीकृति

 चुनावको पूर्वसन्ध्यामा राष्ट्रपतिको उच्चस्तरीय वैदेशिक भ्रमण, मन्त्रिपरिषद्‍ले दियो स्वीकृति

काठमाडौँ, १६ भदौ : राष्ट्रपति पौडेल-सम्बोधन राष्ट्रपति रामचन्द्र पौडेल नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार आयोजित पुरस्कार समर्पण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको जापान भ्रमण स्वीकृत भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेल सहभागी रहने प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

आगामी आइतबार (माघ १८) गते पौडेल जापान भ्रमणमा जाँदैछन् । माघ १८ देखि २१ गतेसम्म जापानमा आयोजना हुने कार्यक्रममा पौडेल सहभागी हुनेछन् ।

नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठको अवसरमा राष्ट्रपति पौडेल जापान भ्रमणमा जान लागेका हुन् ।

नेपाल र जापानबिच सन् १९५६ सेप्टेम्बर १ ९वि.सं.२०१३ भदौ १७० मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *