आज तोलामा साढे २० हजारले घट्यो सुन, कति पुग्यो ?

 आज तोलामा साढे २० हजारले घट्यो सुन, कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार ९माघ १६० तोलामा साढे २० हजार रुपैयाँले घटेको हो ।

बिहीबार ९माघ १५० सुनको मूल्य तोलामा साढे २० हजारले नै बढेर रेकर्ड बनाएको थियो ।

यस दिनको मूल्य प्रतितोला तीन लाख १८ हजार ८०० रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला तीन लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य तोलामा ४४० रुपैयाँले घटेर सात हजार ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

अघिल्लो दिन चाँदी प्रतितोला सात हजार ५०५ रुपैयाँमा किनबेच भएको थियो ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *