ललितपुरमा श्रीमतीको ज्यान लिएर श्रीमानद्वारा आत्मसमर्पण
काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–७ देवीचौरका ३० वर्षीय विनादे पाख्रिनले आफ्नी पत्नी कोपिला पाख्रिन (२३) लाई हत्या गरी प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका छन्।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार, विनादे पाख्रिनले मदिरा सेवनपछि झगडा भएको विवादमा चिर्पटले आहत पारेर पत्नीको हत्या गरेका थिए। शव उनको घरको खाटमा फेला परेको थियो। घटना शुक्रबार बिहान भएको थियो।
