पोखरामा हुने साफ यू–१९ महिला च्याम्पियनसिप हेर्न २०० र ५०० को टिकट

 पोखरामा हुने साफ यू–१९ महिला च्याम्पियनसिप हेर्न २०० र ५०० को टिकट

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यु–१९ महिला च्याम्पियनसिपको टिकटदर तोकेको छ।

प्रतियोगिता माघ १७ देखि २४ कास्कीस्थित पोखरा रंगशालामा हुने भएको हो। साधारण पारापिटतर्फ २०० र भीआइपी पारापिटतर्फ ५०० रुपैयाँ टिकटदर तोकिएको एन्फाले जनाएको छ।

प्रतियोगितामा नेपाल लगायत भारत, भुटान र बंगलादेशको सहभागिता रहनेछ। सहभागी टोलीको लागि लामाचौर गोस्ते खेलमैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएको छ।

प्रतियोगिताका लागि एन्फाले सम्पूर्ण तयारी पूरा गरेको प्रवक्ता सुरेश शाहले जानकारी दिएका छन।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *