६ महिनाको ईभी व्यापार: ५ हजार गाडी भित्रिँदा साढे १२ अर्ब बाहिरियो

 ६ महिनाको ईभी व्यापार: ५ हजार गाडी भित्रिँदा साढे १२ अर्ब बाहिरियो

काठमाडौं । चालु आर्थिक वर्ष २०८२र८३ को छैटौं महिना पुस मसान्तसम्ममा नेपालमा १२ अर्ब ५ करोड ४५ लाख ३८ हजार रुपैयाँ बराबरको ५ हजार ७१ थान विद्युतीय चारपाङ्ग्रे सवारी साधान आयात भएको छ।

भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२र८३ को पुस महिनासम्मको वैदेशिक व्यापार प्रतिवेदनमा यो आँकडा उल्लेख गरिएको पाइएको हो।

प्रतिवेदनका अनुसार यसरी भित्रिएका चारपाङ्ग्रे सवारी साधनमा विशेषगरी सामान्य कार, जीप र भ्यानका साथै अतिरिक्त मोटर पावर भएका कार, जीप र भ्यान रहेका छन्। यो सूचीमा तीनपाङ्रे र दुईपाङ्रे सवारी साधनलाई समावेश गरिएको छैन।

भन्सार विभागका अनुसार यस अवधिमा चीन, भारत र जर्मनी, द. कोरिया, इण्डोनेसिया र अमेरिका र बेलायत गरी विश्वका ८ देशबाट ती सवारी साधन भित्रिएका हुन्।

माथि उल्लिखित परिमाण र सङ्ख्याका सवारी साधन आयातबाट सरकारले ७ अर्ब ४५ करोड ७९ लाख ६८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *