पत्रकार दिनेश सिटौलाको निधन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ९बालेन०को चुनावी प्रचारमा गएका चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ ।
आइतबार (माघ १८) १२ः ४५ बजे उनको निधन भएको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले घोषणा गरेको हो । बालेनसँगै चुनावी प्रचारका क्रममा माघ १६ गते सिटौला अछाम पुगेका थिए ।
जिल्ला प्रशासन कार्यालय अछाममा प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाका अनुसार, बालेनको टिम माघ १५ गते डोटीमा बसेको थियो ।
त्यसपछि अछामको साँफेबगर हुँदै मंगलसेन पुगेको थियो । अछाम–२ का उमेदवार भूपदेव शाहको घर जाने क्रममा गाडीबाट ओर्लिंदा सिटौला एक्कासि बेहोस भएका थिए ।
“उहाँहरू १५ गते डोटी बस्नुभएको रहेछ । त्यसपछि अछामको साँफेबगर हुँदै मंगलसेन अछाम–२ का उमेदवार भूपदेव शाहको घर जाने क्रममा गाडीबाट ओर्लिंदा एक्कासि बेहोस हुनुभयो । त्यतिबेला अछामकै अस्पतालमा देखाउँदा टाउकोमा चोटपटक केही देखिएको थिएन,” प्रजिअ बुढाले भने ।
सिटौला ढलेपछि रास्वपा अछामका सभापतिले सीडीओलाई सम्पर्क गरी नेपाली सेनाको हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौं ल्याइएको थियो ।
“मलाई रास्वपा अछामका सभापतिले सम्पर्क गर्नुभएको थियो । त्यसपछि नेपाली सेनाको हेलिकोप्टरमा उपचारका लागि पठाइएको थियो,” उनले भने ।
नुवाकोटका ४५ वर्षीय सिटौला चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्ष हुन् ।
काठमाडौं ल्याउनुअघि उनलाई तत्कालै जिल्ला अस्पताल अछाम लगिएको थियो । त्यहाँ काडियोपल्मोनरी रेससिटेसन ९सीपीआर० गरिएको थियो । र, लगभग ४५ मिनेटपछि उनको मुटुको चाल फर्किएको अस्पतालले जनाएको छ ।
मस्तिष्कको कार्यक्षमता जाँच गर्न ९एप्निय० परीक्षण गरिएको थियो । भेन्टिलेटरमा राखेर उपचार गरिए पनि स्वास्थ्यमा कुनै सुधार नआएको र ब्रेन ह्यामरेजका कारण उनको निधन भएको अस्पतालले जनाएको छ ।
