माधव नेपाल प्रकरणमा अदालतले साक्षी बुझ्ने आदेश जारी

 माधव नेपाल प्रकरणमा अदालतले साक्षी बुझ्ने आदेश जारी

काठमाडौँ  । पतञ्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपालसहित ९३ जनाविरुद्ध दायर भएको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश भएको छ।

आइतबार विशेष अदालत काठमाडौँले प्रतिवादीहरुले राखेका साक्षीहरुलाई बकपत्र गराउन आदेश भएको हो।

विशेष अदालतका न्यायाधीशहरु नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले साक्षी उपस्थित गराउन भनेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेको साँगामा पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालविरुद्ध गत २२ जेठमा नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

 

तत्कालीन प्रधानमन्त्री केपी ओलीको दबाबमा आयोगले दायर गरेको मुद्दामा जनही १८ करोड ५८ लाख ५० हजार बिगो माग दाबी गरिएको छ।

 

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *