सिम कार्ड आयातमा वृद्धि: ६ महिनामा २० करोडमाथिको कारोबार

 सिम कार्ड आयातमा वृद्धि: ६ महिनामा २० करोडमाथिको कारोबार

काठमाडौं । नेपालमा चालु आर्थिक वर्ष २०८२र८३ को छैटौं महिना पुस मसान्तसम्म ३२ लाख ८२ हजार थानभन्दा बढी सिम कार्ड आयात भएको छ।

भन्सार विभागले हालै जारी गरेको उक्त अवधिसम्मको वैदेशिक व्यापार विवरण अनुसार उक्त अवधिमा २० करोड ६० लाख ५० हजार रुपैयाँ बराबरको ३२ लाख ८२ हजार ५९३ थान सिम कार्ड आयात भएको छ।

सिम कार्ड आयातबाट सरकारले ५ करोड ८२ हजार रुपैयाँ राजश्व संकलन गरेको छ।

भन्सार विभागको तथ्यांक अनुसार सिम कार्ड अस्ट्रेलिया, चीन, जापान, कुवेत, कतार, बेलायत, मेक्सिको, अमेरिका र डेनमार्क गरी विश्वका ९ देशबाट आएको देखिन्छ।

पुससम्म सबैभन्दा बढी अर्थात् ३२ लाख २ हजार ५३५ थान सिम कार्ड चीनबाट नेपाल आएको छ। यसको समग्र मूल्य २० करोड ४७ लाख ४९ हजार परेको छ।

यसैगरी मेक्सिकोबाट ५ लाख ८ हजार बराबरको ५० हजार थान तथा बेलायतबाट ६ लाख २२ हजार बराबरको २० हजार २ थान सिम कार्ड आयात भएको तथ्याङ्कमा उल्लेख छ।

अष्ट्रेलियाबाट १ लाख ६० हजार बराबरको १० हजार थान, जापानबाट ३ हजार बराबरको ५० थान सिम कार्ड आएको छ। अमेरिकाबाट ८ हजारबाट २ थान कतारबाट २ र कुवेत तथा डेनमार्कबाट समान १-१ थान सिम कार्ड आएको देखिएको छ तर यिनीहरुको मूल्य उपलब्ध छैन।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *