ग्यास अभाव तीन दिनभित्रै हट्ने निगमको दाबी, भण्डारण नगर्न उपभोक्तालाई आग्रह

 ग्यास अभाव तीन दिनभित्रै हट्ने निगमको दाबी, भण्डारण नगर्न उपभोक्तालाई आग्रह

काठमाडौं । पछिल्लो केही दिनयता काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा खाना पकाउने ग्यासको अभाव देखिएको छ । उपभोक्ताहरूले ग्यास डिपोहरूमा लाइन लाग्नुपर्ने अवस्था आएको भन्दै सामाजिक सञ्जाल र सञ्चारमाध्यममा चिन्ता व्यक्त गरेका छन्।

नेपाल ग्यासका विक्री केन्द्रहरूमा दुईसातादेखि ग्यास नपाइएपछि खाली सिलिण्डर बोकेर उपभोक्ता बालाजु औद्योगिक केन्द्रमा रहेको नेपाल ग्यासको कार्यालयमै दैनिक सयौँ उपभोक्ता पुग्ने गरेका छन्। कार्यालयमै पुग्दा पनि नेपाल ग्यास नपाएको गुनासो उपभोक्ताहरूको छ ।

नेपाल आयल निगमले भने बजारमा देखिएको समस्या छिट्टै समाधान हुने दाबी गरेको छ। निगमका प्रवक्ताका अनुसार, “भारतबाट ग्यास बोकेका बुलेटहरू भन्सार नाकाबाट भित्रिने क्रम बढिसकेको छ। फेब्रुअरी महिनाका लागि थप कोटा छुट्याइएकोले अबको ३–४ दिनभित्रै आपूर्ति सामान्य हुनेछ।”

निगमले उपभोक्तालाई आवश्यक भन्दा बढी ग्यास भण्डारण नगर्न समेत अनुरोध गरेको छ। यद्यपि, बजार अनुगमन फितलो हुँदा व्यापारीहरूले लुकाएको हुनसक्ने आशंकामा उपभोक्ता अधिकारकर्मीहरूले प्रश्न उठाएका छन्।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *