नेप्से परिसूचकमा १२.५८अंकको गिरावट
काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक गिरावट हुँदै बन्द भएको छ। सोमबार सामान्य अंकले बढेको सेयर आज १२.५८ अंकले गिरावट आएको हो।
सेयर बजारमा गिरावट आए पनि ८ अर्ब ६३ करोड मूल्य बराबरको सेयर कारोबार भएको छ। आज ६६ कम्पनीको मूल्य बढेको छ। यस्तै, १९० कम्पनीको मूल्य घट्दा ३ वटा कम्पनीको सेयर मूल्य यथावत रहेको छ।
आज कालिञ्चोक दर्शन लिमिटेडको मूल्यमा सकारात्मक सर्किट लागेको छ। यसको विपरीत सान्भी इनर्जी लिमिटेड सबैभन्दा बढी ४.६३ प्रतिशतले गिरवाट आएको छ। सोमबारको कारोबारमा पनि यो कम्पनीको मूल्य ९.९४ प्रतिशतले गिरावट भएको थियो।
कारोबार रकममा आधारमा आज सबैभन्दा बढी एसवाई प्यानल नेपाल लिमिटेड अगाडि रहेको छ। यो कम्पनीको सेयर ५९ करोडभन्दा बढी मूल्यको सेयर किनबेच भएको छ।
