यूएईविरुद्ध नेपालको शानदार जित

 यूएईविरुद्ध नेपालको शानदार जित

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ को तयारीस्वरूप खेलिएको पहिलो वार्म–अप खेलमै नेपालले उत्कृष्ट प्रदर्शन गर्दै यूएईलाई पराजित गरेको छ ।

मंगलबार चेन्नईस्थित एमए चिदाबरम स्टेडियममा भएको खेलमा नेपालले यूएईलाई ७ विकेटले सहजै हराउँदै विश्वकप यात्राको सुरुवात जितसँगै गरेको हो । यूएईले दिएको १४६ रनको लक्ष्य नेपालले मात्र १७ ओभरमै ३ विकेटको क्षतिमा पूरा गर्‍यो ।

नेपालको जितमा आरिफ शेख र दीपेन्द्रसिंह ऐरी नायक बने। संकटपूर्ण अवस्थामा रहेको नेपाललाई उनीहरूले शतकीय साझेदारी गर्दै जितको नजिक पुर्‍याए ।

आरिफले ३७ बलमा अविजित ६१ रनको शानदार इनिङ खेले भने दीपेन्द्रले ३१ बलमा अर्धशतक पूरा गर्दै ५० रनमा नटआउट रहे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ६ विकेट गुमाउँदै १४५ रन बनाएको थियो । यूएईका लागि शोएब खानले सर्वाधिक ३८ रन बनाए भने हर्षित कौशिकले ३१ रनको योगदान दिए । नेपालका बलरहरू पनि प्रभावशाली देखिए । करण केसी र सन्दीप लामिछानेले २–२ विकेट लिँदा दीपेन्द्रसिंह ऐरीले १ विकेट हात पारे ।

अब नेपालले दोस्रो वार्म–अप खेलमा बिहीबार क्यानडासँग प्रतिस्पर्धा गर्नेछ । विश्वकपको पहिलो औपचारिक खेल भने नेपालले फेब्रुअरी ८ मा इंग्ल्यान्डविरुद्ध खेल्नेछ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *