काठमाडौंको चुनीखेलमा आगलागी, २४ परिवार विस्थापित

 काठमाडौंको चुनीखेलमा आगलागी, २४ परिवार विस्थापित

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका १३ चुनीखेल नयाँबस्तीमा आगलागी हुँदा २४ परिवार विस्थापित भएको छ भने आगो लागेको स्थानबाट ७ जनालाई उद्धार गरिएको छ ।

मंगलबार राति करिब पौने ११ बजेतिरबाट आगो सुरु भएको थियो । सवा १ बजेतिर काठमाठौं महानगर, बुढानीलकण्ठ नगरपालिका र टोखा नगरपालिकाका दमकलको सहयोगमा आगो निभाइएको थियो ।

वडा अध्यक्ष टिकानारायण श्रेष्ठले दिएको जानकारी अनुसार आगो लागेर २४ कोठा बराबरका लामो टहरा पूरै नष्ट भएको छ । ‘त्यहाँ विभिन्न जिल्लाका बासिन्दाहरु कोठा भाडामा लिएर बस्नु भएको थियो, उहाँहरुको २४ परिवार थियो, सबै विस्थापित हुनुभएको छ’, वडाध्यक्ष श्रेष्ठले भने ।

विस्थापित भएकाहरुलाई नजिकका अरु टहराहरुमा राखिएको छ । उनीहरुलाई आज खाद्यान्न, लत्ताकपडा लगायतका राहत उपलब्ध गराइने तयारी भइरहेको छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *