पार्टी नेतृत्वमाथि भ्रामक प्रचार र गालीगलौजप्रति एमालेको आपत्ति, दोषीलाई कारबाही गर्न माग

 पार्टी नेतृत्वमाथि भ्रामक प्रचार र गालीगलौजप्रति एमालेको आपत्ति, दोषीलाई कारबाही गर्न माग

काठमाडौँ । नेकपा एमाले प्रचार विभागले निर्वाचन–२०८२ का सन्दर्भमा  पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गरेको छ ।

एमालेले निर्वाचन प्रचारप्रसारका क्रममा भ्रामक सामग्री र मर्यादाविपरीत अभिव्यक्तिको विरोध गर्दै त्यस्ता गतिविधि रोक्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ। साथै, शान्तिपूर्ण र निष्पक्ष मतदानका लागि सुरक्षित वातावरण सुनिश्चित गर्न सरकारसँग माग गर्दै आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।

कार्यक्रममा उपाध्यक्ष राम बहादुर थापा, प्रचार विभाग प्रमुख मिन बहादुर शाही, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डे, उपाध्यक्ष चेतन अधिकारी, महासचिव हिरामान लामा सहित विभिन्न सञ्चार गृहका पत्रकारहरुको सहभागिता रहेको थियो ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *