टी-२० विश्वकप अगाडिको अन्तिम अभ्यास खेल: आज नेपाल र क्यानडा भिड्दै
काठमाडौं । नेपालले आइसिसी टी-२० विश्वकप अगाडि अन्तिम अभ्यास खेल आज क्यानडासँग खेल्दैछ। पहिलो खेल संयुक्त अरब इमिरेट्स (युएई) सँग खेलेको नेपालले अन्तिम खेल एसोसिएट टोली क्यानडासँग खेल्न लागेको हो।
नेपाल र क्यानडाबीचको खेल चेन्नईस्थित एमए चिदाबरम मैदानमा हुँदैछ। नेपाल र क्यानडाको खेल दिउँसो १ बजेर १५ मिनेटमा सुरु हुँदैछ । यसअघि मङ्गलबार नेपालले पहिलो अभ्यास खेलमा यूएईलाई सात विकेटले हराएको थियो।
यूएईलाई सात विकेटले हराएको नेपाल उच्च मनोबलमा देखिएको छ। नेपाल दोस्रो अभ्यास खेलमा क्यानडामाथि जित निकाल्दै विश्वकपका लागि थप उर्जा बटुल्ने अभियानमा छ।
