बालुवाटार संवादको निष्कर्ष: एकै चरणमा चुनाव गर्ने सरकारको तयारीमा एमाले सहमत
पूर्वप्रधानमन्त्री समेत रहेका ओली बिहान करिब ९ बजे बालुवाटार पुगेका थिए । बैठकमा समसामयिक राजनीति र आगामी निर्वाचनबारे छलफल भएको जनाएको छ ।
ओली निकट स्रोतका अनुसार, बैठकको क्रममा निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित हुने सुनिश्चितता, साथै एकै चरणमा निर्वाचन सञ्चालन गर्ने विषयमा सरकारलाई सुझाव दिइएको थियो।
प्रधानमन्त्री कार्की र अध्यक्ष ओलीबीच एकै चरणमा निर्वाचन गर्ने बारे समझदारी भएको स्रोतले जनाएको छ ।
