एकैदिन साढे नौ हजारले घट्यो

 एकैदिन साढे नौ हजारले घट्यो
काठमाडौं । नेपाली बजारमा सुनको घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार (माघ २२) मा सुनको मूल्य प्रतितोला नौ हजार ५०० रुपैयाँले घटेको हो ।

यससँगै आजको मूल्य प्रतितोला दुई लाख ९५ हजार २०० रुपैयाँ कायम भएको छ ।

अस्तिको तुलनामा हिजो १४ हजार ४०० रुपैयाँले बढेर प्रतितोला तीन लाख चार हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदी तोलामा ६२० रुपैयाँले घटेको छ । यस दिन प्रतितोला चार हजार ९८० रुपैयाँमा किनबेच हुने महासंघले जनाएको छ ।

हिजो पाँच हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *