होटल फरेष्ट इनको आईपीओ आजदेखि खुल्यो

 होटल फरेष्ट इनको आईपीओ आजदेखि खुल्यो

काठमाडौं । होटल फरेष्ट इन लिमिटेडले आज (माघ २२ गते) देखि सर्वसाधारणका लागि प्राथमिक सेयर ९आईपीओ० निष्कासन तथा बिक्री खुला गरेको छ ।

पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर बाँडफाँट गरिसकेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि सेयर निष्कासन गरेको हो।

कम्पनीले आफ्नो २ अर्ब रुपैयाँ जारी पुँजीको २० प्रतिशतले हुन आउने ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये ४ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, २ लाख कित्ता सामूहिक लगानी कोष र ८० हजार कित्ता कर्मचारीका लागि यसअघि नै सुरक्षित गरी बाँडफाँट भइसकेको छ। अब बाँकी रहेको ३३ लाख २० हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । प्रतिकित्ता १०० रुपैयाँ दरको यो आईपीओमा छिटोमा माघ २६ गते र ढिलोमा फागुन ८ गतेसम्म आवेदन दिन सकिनेछ

होटलको कुल आयोजना लागत ३ अर्ब ४८ करोड २१ लाख १५ हजार ५२८ रुपैयाँ रहेको छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआईसी एशिया क्यापिटल लिमिटेडले सम्हालेको छ।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *