काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज (चैत ६) बस्दै छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बैठक बस्ने कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । बैठकमा सभापति गगन थापाले दिएको राजीनामा, निर्वाचन परिणामलगायत विषयमा छलफल गरिने जनाइएको छ । पार्टी उपसभापति विश्वप्रकाश शर्माले बैठकमा निर्वाचनको प्रारम्भिक समीक्षा, थापाको राजीनामा […]Read More
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा पेश गरिने बताएका छन्। सामाजिक सञ्जाल एक्समार्फत उनले पार्टीको पराजयप्रति सभापति थापाले ‘नैतिक जिम्मेवारी लिन्छु’ भन्ने धारणा सकारात्मक भए पनि वर्तमान अवस्थामा मुख्य दायित्व पार्टीलाई सम्हाल्नु रहेको उल्लेख गरेका छन्। शर्माका अनुसार बैठकमा प्रारम्भिक समीक्षा, राजीनामा पत्र र […]Read More
काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण चैत्र १२ गते हुने भएको छ । संघीय संसद् सचिवालय बिहीबार सिंहदरबारमा नयाँ प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ दलसँग छलफल गर्दै आगामी चैत्र १२ गते दिउँसो दुई बजे नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण गराउने तयारी भएको जनाएको हो । दलहरूसँग शपथ ग्रहण, अभिमुखीकरण कार्यक्रम र संसदीय दलको कार्यालय व्यवस्थापनसँगका विषयमा छलफल […]Read More
काठमाडौं । प्रतिनिधिसभाका समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण गरिएको छ । बिहीबार (चैत ५) निर्वाचन आयोगको कार्यालय कान्तिपथमा आयोजित कार्यक्रममा नवनिर्वाचित समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण गरिएको हो । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र आयुक्तहरू सगुनशमशेर जबरा र जानकीकुमारी तुलाधरले सांसदहरूलाई खादामाला लगाइदिए । आयोगका सचिव कृष्णबहादुर राउतले प्रमाणपत्र वितरण गरे । गएको फागुन २१ […]Read More
काठमाडौँ। मुगु र जुम्ला भ्रमणका निम्ति निस्किएकी प्रधानमन्त्री सुशीला कार्की बिहीबार (चैत ५) बिहान सुर्खेत आइपुगेकी छन् । उनी नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत आएकी हुन् । सुर्खेतबाट प्रधानमन्त्री कार्की मुगुस्थित राराताल पुगेर सुरक्षा निकायका प्रमुखसँग भेटघाट र त्यहाँको अवलोकन गर्ने कार्यक्रम छ । मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीका अनुसार, दुई जिल्लाको भ्रमणपछि प्रधानमन्त्री कार्की […]Read More
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले हालैको निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन्। उनले आफ्नो राजीनामा उपसभापति विश्वप्रकाश शर्मा लाई बुझाएका हुन्। पार्टी स्रोतका अनुसार चैत ६ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकमा थापाको राजीनामाबारे औपचारिक छलफल हुनेछ। राजीनामा दिने अधिकार सभापतिको भए पनि त्यसलाई स्वीकृत गर्ने वा नगर्ने निर्णय […]Read More
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सबिता पौडेलसहित नेपाली सेनाद्वारा घोडेजात्रा २०८२ का अवसरमा बुधबार टुँडिखेलमा आयोजित समारोहमा सहभागी भएका छन्। सो अवसरमा नेपाली सेनाले उनको सम्मानमा सलामी अर्पण गरेको थियो। समारोहमा राष्ट्रपति पौडेलले नेपाली सेनाद्वारा प्रदर्शन गरिएको अश्वकलाको अवलोकन गरे। सो अवसरमा घोडा दौड, घोडा जम्पलगायत विभिन्न रोचक कला प्रदर्शन गरिएका थिए। प्रदर्शनमा उत्कृष्ट […]Read More
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरुलाई संयमितता अपनाउन आग्रह गरेका छन् । बुधबार अभिमुखीकरण कार्यक्रममा पुगेर लामिछानेले आफ्नो क्षेत्रमा सांसदहरूलाई अब्बल हुन बताउँदै सरकार बनेको बेलुकाबाट ढाल्न विभिन्न शक्तिहरू परिचालित हुने बताए । ‘सरकार बनेको बेलुकाबाट सरकार ढाल्न विभिन्न शक्तिहरू लाग्छन् यसमा तपाईँहरू सचेत हुनुपर्छ। यो साहिदहरूले रगत बगाएर आएको चुनाव हो। […]Read More
काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले आगामी हप्तासम्म मुलुकले नयाँ सरकार पाउने दाबी गरेका छन। नेपाल नागरिक लगानी कोषको वार्षिकोत्सवका अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नयाँ सरकार गठनको प्रक्रिया अन्तिम चरणमा पुगेको संकेत गरेका हुन। निर्वाचन आयोगले बिहीबार समानुपातिकतर्फका सांसदहरूलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरेसँगै संवैधानिक प्रक्रिया अनुसार नयाँ सरकार गठनले तीव्रता पाउने उनले […]Read More
काठमाडौं । उज्यालो नेपाल पार्टीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ । पार्टीले बुधबार एक विज्ञप्ति जारी गर्दै जेनजी आन्दोलनसँग सम्बन्धित घटनाक्रमबारे सत्य तथ्य सार्वजनिक गर्न ढिलाइ हुनु लोकतान्त्रिक मूल्य विपरीत भएको जनाएको हो । पार्टीका अनुसार उक्त आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाइसकेको भए पनि हालसम्म सार्वजनिक नगरिनु […]Read More
