काठमाडौँ । नवलपरासी जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई निर्वाचन आचारसंहिता परिपालन गर्न ध्यानाकर्षण गराएको छ । आज जिल्ला सदरमुकाम परासीमा पार्टी सभापति रवि लामिछानेको जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम रहेको सूचना आएको जनाउँदै प्रशासनले निर्वाचन आचारसंहिता आकर्षित हुनेगरी गतिविधि नगर्न ध्यानाकर्षण गराइएको हो । सहायक प्रमुख जिल्ला अधिकारी एवं निर्वाचन आचारसंहिता […]Read More
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका एक सय निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ । मतपत्र जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा छपाइको काम भइरहेको छ । सोमबारसम्म कूल एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । आयोगका अनुसार हालसम्म […]Read More
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंमा जनविश्वास घटेपछि मेयर बालेन्द्र शाह (बालेन) झापातिर आएको टिप्पणी गरेका छन्। सोमबार झापामा आयोजित मतदाता भेटघाट कार्यक्रममा उनले काठमाडौंमा जितेका व्यक्ति पुनः त्यहीँबाट चुनाव लड्न नसक्नुको कारणबारे प्रश्न उठाए। ओलीले सामाजिक न्याय र समानताको आधारमा सामाजिक सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउनुपर्नेमा जोड दिँदै मधेशी–पहाडी जस्ता […]Read More
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकतन्त्रमाथि प्रहार गर्न विश्वव्यापी रूपमा भूराजनीतिक चलखेल भइरहेको र त्यसको बाछिटा नेपालमा पनि देखिएको दाबी गरेका छन । मंगलबार काठमाडौँ निर्वाचन क्षेत्र नं. ५ मा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन। संयोजक प्रचण्डले पछिल्लो समय सामाजिक सञ्जालमा गरिने ‘स्टन्ट’ […]Read More
काठमाडौँ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन-२०८२ का लागि काभ्रे क्षेत्र नं. १ राजनीतिक चर्चाको केन्द्र बनेको छ । १५ दल र तीन स्वतन्त्रसहित १८ उम्मेदवार चुनावी मैदानमा उत्रिएसँगै यस क्षेत्रमा परम्परागत शक्ति र नयाँ उम्मेदवारबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । विशेषगरी ठूला दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपाका उम्मेदवारहरूबीचको […]Read More
काठमाडौं। निर्वाचन आयोगले आम मतदातालाई निर्वाचनका बारेमा जानकारी गराउने उद्देश्यका साथ मतदाता शिक्षा कार्यक्रमलाई तीव्र रूपमा अगाडि बढाएको छ। मतदातालाई मताधिकारका सचेत गराउने तथा सही मतसंकेतका लागि प्रशिक्षित गर्ने उद्देश्यले निर्वाचन आयोगले डिजिटल प्लेटफर्ममा निरन्तर सचेतना सामग्री सम्प्रेषण गरिरहेको छ। मतदातालाई सही र वास्तविक सूचना प्रदान गर्ने तथा मत बदर हुने अवस्थालाई कम गर्न शिक्षा […]Read More
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय भएको छ । साइबर ब्युरोका एक अधिकृतले प्रसाईंलाई रिहा गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए प्रसाईँलाई गत शुक्रबार नेपाल प्रहरीले प्रसाईँलाई चाल्नाखेलबाट पक्राउ गरेको थियो । उनीमाथि निर्वाचन विरोधी गतिविधि गरेको आरोप लगाइएको थियो । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक […]Read More
काठमाडौँ । नेपाली कांग्रेसले जिम्मेवारी तोकिएकाबाहेक सबै नेता–कार्यकर्तालाई आफ्ना–आफ्ना क्षेत्रमा क्रियाशील गराउने निर्णय गरेको छ । ‘फागुन २१ का लागि मेरो २१ दिन’ भन्ने प्रतिबद्धतासहित सम्बन्धित क्षेत्रमा खटाउने निर्णय गरिएको हो । आइतबार बिहान सम्पन्न कार्यसम्पादन समितिको भर्चुअल बैठकले ‘नेपाली कांग्रेस निर्वाचन परिचालन निर्देशिका’अनुसार केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रमा जिम्मेवारी पाएका नेता–कार्यकर्तालाई तोकिएको काम सम्पन्न […]Read More
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनसँगै झापा क्षेत्र नम्बर–२ राष्ट्रिय राजनीतिको केन्द्रमा परेको छ। अघिल्लो निर्वाचनमा यही क्षेत्रबाट सभामुख र उपसभामुख चयन भएपछि चर्चामा आएको यो क्षेत्रमा यसपटक पनि शीर्ष नेता तथा पूर्वपदाधिकारीबीच प्रतिस्पर्धा हुँदा चुनावी माहोल झन् रोचक बनेको छ। यस क्षेत्रमा कुल १८ जना उम्मेदवार मैदानमा छन्। नेपाल कम्युनिष्ट […]Read More
काठमाडौं । सामाजिक सञ्जालको प्रयोग गरी र केही अनलाइन सञ्चारमाध्यमले सर्वसाधारण तथा मतदातासँग कसलाई मत दिनुहुन्छ भनेर मतदाताको गोपनियता भङ्ग गरेकामा जिल्ला निर्वाचन कार्यालय काठमाडौँले आपत्ति जनाएको छ । निर्वाचन कार्यालयले निर्वाचन आचारसंहिताको पालना गर्न ध्यानाकर्षण गराउँदै मतदाताको गोपनियता भङ्ग गर्ने कार्य नगर्न/नगराउन अनुरोध गरेको हो । निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ बमोजिम आचारसंहिता उल्लङ्घनको […]Read More
