विमानस्थल क्षेत्रमा एक महिनाका लागि निषेधाज्ञा, ५ जनाभन्दा बढी भेला हुन रोक

 विमानस्थल क्षेत्रमा एक महिनाका लागि निषेधाज्ञा, ५ जनाभन्दा बढी भेला हुन रोक

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासका क्षेत्रमा आज (बिहीबार) देखि लागू हुने गरी एक महिनाका लागि निषेधाज्ञा जारी गरेको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं तथा केही राजावादी समूहले विमानस्थल क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेपछि प्रशासनले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै यो कदम चालेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेलद्वारा जारी आदेश अनुसार, विमानस्थलको गोल्डेन गेटदेखि परिसरभित्रका सम्पूर्ण सडक, आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनल र पार्किङ क्षेत्रमा पाँचजना भन्दा बढी व्यक्ति भेला हुन पाइने छैन । निषेधित क्षेत्रमा अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन र सभाजस्ता कुनै पनि विरोधका कार्यक्रम गर्न रोक लगाइएको छ ।

प्रशासनले जारी गरेको आदेशमा भनिएको छ, “२०८२/१०/२९ गतेदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्म १ महिनाका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हाताभित्रको सम्पूर्ण क्षेत्रमा विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ ।”

प्रशासनले निषेधाज्ञा जारी गरिएका क्षेत्रबाहेक अन्य स्थानमा भने नागरिकको विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा शान्तिपूर्ण रूपमा भेला हुन पाउने हकप्रति आफूहरू प्रतिबद्ध रहेको समेत स्पष्ट पारेको छ ।

 

asdfmg-1770874523.jpg

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *