रास्वपाका केन्द्रीय सदस्य प्रणय शमशेर राणाले दिए राजीनामा

 रास्वपाका केन्द्रीय सदस्य प्रणय शमशेर राणाले दिए राजीनामा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता प्रणय शमशेर राणाले पार्टी सदस्यताबाट राजीनामा दिएका छन्। उनले बिहीबार महामन्त्री कबिन्द्र बुर्लाकोटीलाई सम्बोधन गर्दै राजीनामा पत्र पठाएका हुन्। राणाले पार्टीभित्र देखिएको बेथिति, आन्तरिक प्रक्रियामा चलखेल र आर्थिक अपारदर्शिताप्रति असन्तुष्टि जनाउँदै विवेकले साथ नदिएकाले राजीनामा दिएको बताएका छन्। उनले ‘प्राइमरी इलेक्सन’ प्रक्रियामा ५० प्रतिशतसम्म चलखेलको बाटो राखिएको तथा सदस्यता शुल्कबाट उठाइएको रकममा पारदर्शिता नदेखिएको आरोप लगाएका छन्। पार्टीको ‘बेथितिको अन्त्य, थितिको थालनी’ भन्ने नारा व्यवहारमा लागू नभएको भन्दै उनले सुशासन र जवाफदेहिता नारामै सीमित भएको टिप्पणी गरेका छन्।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *