राष्ट्रपति पौडेलद्वारा राष्ट्रियसभाको अधिवेशन अन्त्य

 राष्ट्रपति पौडेलद्वारा राष्ट्रियसभाको अधिवेशन अन्त्य

काठमाडौँ, २३ माघM राष्ट्रियसभा बैठक सिंहदरबारमा शुक्रबार बसेको राष्ट्रियसभा बैठक । tl:a/M गोपाल दाहाल÷रासस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरेका छन् । शुक्रबार (फागुन १) राति १२ बजेदेखि लागु हुने गरी अधिवेशन अन्त्य गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले बिहीबार (माघ २९) जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

“सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०६२/१०/२६ को सिफारिसमा संवत् २०८२ साल फागुन १ गते शुक्रबार राति १२ः०० बजेदेखि लागु हुने गरी राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गर्नुभएको छ,” विज्ञप्तिमा भनिएको छ ।

af-1770876877.jpg

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *