ग्रेटर सिड्नी नेपाली मल्टिकल्चरल सेन्टर (GSNMC) को नयाँ कार्यसमिति चयन, अध्यक्षमा विष्णु हमाल पुनः निर्वाचित

 ग्रेटर सिड्नी नेपाली मल्टिकल्चरल सेन्टर (GSNMC) को नयाँ कार्यसमिति चयन, अध्यक्षमा विष्णु हमाल पुनः निर्वाचित

मुक्तिराम पोखरेल, सिड्नी । ग्रेटर सिड्नी नेपाली मल्टिकल्चरल सेन्टर जीएसएनएमसीको पहिलो साधारण सभाबाट विष्णु हमालको अध्यक्षातामा नयाँ कार्य समिति सर्वसम्मत निर्वाचित गरेको छ ।

फेब्रुअरी १५ तारिखमा सिड्नीस्थित ग्रायण्ड प्यालेस फङ्सन सेन्टर, अबर्नमा सम्पन्न प्रथम वार्षिक साधारण सभाबाट हमालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो। आगामी दुई वर्षे कार्यकालका लागि सर्वसम्मत रुपमा हमाल अध्यक्षमा पुन निर्वाचित हुनुभएको हो ।

नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा उमेश पन्त र वेव बहादुर गुरुङ रहनुभएको छ । यसैगरी संस्थाको महासचिवमा डा प्रकास पौडेल, कोषाध्यक्षमा प्रकास वस्ताकोटी, सह कोषाध्यक्षमा अमृत अचार्य निर्वाचित हुनुभएको छ ।

संस्थाको कार्यसमिति सदस्यहरुमा वावु गौतम, प्रतिज्ञ अधिकारी, महेन्द्र लम्साल, लक्ष्मी वस्ताकोटी, मीना शर्मा, पुरुषोक्तम सडौला, कल्याणी वर्तौला, सुदर्शन थापा, सुवान्स साह, विजय पौडेल उपाध्याय, प्रिति शर्मा रहनुभएको छ । अन्य २ जना सदस्य पछि मनोनीत गरिने संस्थाले जनाएको छ ।

संस्थाको नब निर्वाचित कार्यसमितिलाई मन खत्रीको नेतृत्वको सुजित सिग्देल र किरण अधिकारी सदस्य रहेको तीन सदस्यीय निर्वाचन समितिले पद तथा गोपनीयताको शपथ ग्रहण गराएको थियो ।

नवनिर्वाचित कार्यसमितिले ४ महिना भित्र संस्थामा २ हजार सदस्य पु¥याउने, अष्ट्रेलियाको स्थानिय सरकारसंग समन्वय, सहकार्य सहित सहायता लिई यसै वर्ष ४ हेक्टर जग्गा खरिद गर्ने लगायतका योजना बनाएको छ ।

नेपालको कला, संस्कृति, सामाजिक मूल्य मान्यतालाई निरन्तरता दिँदै नेपाल चिनाउने मिनी नेपाल निर्माणका लागि सहयोग जुटाउँदै जाने योजना निर्माण गरेको छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *