झापाको कन्काई पुलमा शंकास्पद वस्तु फेला: पूर्व-पश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध

 झापाको कन्काई पुलमा शंकास्पद वस्तु फेला: पूर्व-पश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध

काठमाडौँ । झापाको शिवसताक्षी नगरपालिका–१०, माइधारस्थित कन्काई पुलमा आज बिहानै एक शंकास्पद वस्तु फेला परेको छ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गतको सो पुलमा शंकास्पद वस्तु भेटिएपछि अहिले यस क्षेत्रमा यातायातका साधनहरु पूर्ण रुपमा अवरुद्ध भएका छन्।

प्रत्यक्षदर्शीका अनुसार उक्त वस्तुलाई कागजले बेरिएको (र्‍याप गरिएको) अवस्थामा राखिएको छ।

शंकास्पद वस्तुको बाहिरपट्टि “नेपाल बन्द होशियार” भन्ने नारा समेत लेखिएको पाइएको छ।

सडकमा सवारी साधनहरु रोकिएपछि गन्तव्यतर्फ हिँडेका यात्रुहरु अलपत्र परेका छन्।

 

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *