कृषि विकास बैंकका राकेश यादव माउन्ट एभरेस्ट तेक्वान्दो च्याम्पियनसिप २०२६ मा निर्णायक नियुक्त
नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री राकेश यादव प्रतिष्ठित माउन्ट एभरेस्ट तेक्वान्दो च्याम्पियनसिप २०२६ मा निर्णायक रेफ्रीको भूमिकामा चयन हुनुभएको छ ।
विश्व तेक्वान्दो द्वारा मान्यता प्राप्त उक्त विश्व वरीयता प्रतियोगिता फेब्रुअरी १६ देखि १८, २०२६ सम्म सञ्चालन हुनेछ।
कृषि विकास बैंक लिमिटेड का कर्मचारीसमेत रहेका यादव सन् १९९९ देखि तेक्वान्दो क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ ।
सन् २०२४ यता उहाँ अन्तर्राष्ट्रिय ‘क्योर्गी’ रेफ्रीका रूपमा विश्वस्तरीय प्रतियोगिताहरूमा नियमित रूपमा सहभागी हुँदै आउनुभएको छ ।
रुपन्देहीको ओमसतिया गाउँपालिका, रुपन्देही निवासी यादवले हाल भैरहवामा रहेको क्रिएटिभ तेक्वान्दो डोजाङ सञ्चालन गर्दै आधारभूत तहमा खेलाडी उत्पादनमा समेत योगदान दिइरहनुभएको छ ।
