सुन-चाँदीको मुल्य बढ्यो
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुन प्रतितोला ४ हजार ३०० रुपैयाँले बढेको छ।
आज छापावाला सुन प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन छापावाला सुन प्रतितोला ३ लाख ४०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी आज चाँदीको भाउ पनि तोलामा १८० रुपैयाँले बढेर प्रतितोला ५ हजार ६० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ८८० रुपैयाँमा किनबेच भएको थियो।
