क्यानबेरास्थित नेपाली दूतावासद्वारा परामर्श कार्यक्रम सम्पन्न
अष्ट्रेलिया । Embassy of Nepal Canberra ले NRNA ACT Canberra सँगको सहकार्यमा अष्ट्रेलियाको Canberra मा परामर्श कार्यक्रम सम्पन्न गरेको छ।
परामर्श कार्यक्रममा ACT मा इजाजतप्राप्त निर्माण व्यवसायी, इन्जिनियर, आर्किटेक्ट, परियोजना व्यवस्थापकका साथै ACT Government तथा नीतिनिर्माण क्षेत्रमा कार्यरत नेपाली व्यवसायीक व्यक्तित्वहरुको सहभागिता रहेको थियो।
कार्यक्रममा ACT का निर्माण मापदण्ड, कोड तथा कम्प्लायन्स, अष्ट्रेलियाको निर्माणसम्बन्धी नीतिगत व्यवस्था, नेपाल र ACT का बोलपत्र (बिड) कागजातको तुलनात्मक समीक्षा, नेपाल तथा ACT का खरिदसम्बन्धी कानुन, साथै ACT नियमअनुसार लागू हुने परियोजना व्यवस्थापनका उत्कृष्ट अभ्यासबारे विस्तृत छलफल गरिएको थियो।
दूतावासले कार्यक्रममा सहभागी सबै विज्ञ तथा व्यवसायीक व्यक्तित्वहरुले प्रदान गर्नुभएको प्राविधिक सुझाव र अनुभवप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ।
सहभागीहरूको रचनात्मक साथ सहयोगले कूटनीतिक कर्मचारी आवास निर्माण परियोजना गुणस्तरीय र समयमै सम्पन्न गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास दूतावासले व्यक्त गरेको छ।
उक्त कार्यक्रमको अध्यक्षता गर्नुभएका डेपुटी हेड अफ मिसन कुल बहादुर मगरले यस प्रकारका परामर्श सम्वन्धि कार्यक्रमहरुले नेपाल सरकारलाई महत्वपूर्ण नीति बनाउँन सुझाव सहयोग पुर्याउने बताउनुभयो ।
परामर्श कार्यक्रममा विभिन्न विज्ञ तथा अनुभवी व्यक्तित्वहरुले आफ्नो अनुभव तथा अभ्यासका बारेमा जानकारी गराउनुभएको थियाे ।

