हिसान काठमाडौं अध्यक्षमा गोपीराज पराजुली निर्वाचित

 हिसान काठमाडौं अध्यक्षमा गोपीराज पराजुली निर्वाचित

काठमाडौं । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) काठमाडौको अध्यक्षमा गोपीराज पराजुली निर्वाचित हुनुभएको छ । लैनचौरको एक होटलमा सम्पन्न हिसान काठमाडौंको सातौ अधिवेशनबाट पराजुलीसहित नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

अधिवेशनबाट प्रथम उपाध्यक्षमा ऋषि न्यौपाने, उपाध्यक्षमा लकश श्रेष्ठ, सचिवमा कृष्ण गौतम, सहसचिवमा छविलाल पाण्डे, कोषाध्यक्षमा लक्ष्मण घिमिरे चयन हुनुभएको छ ।

यसैगरी सदस्यहरूमा राजेन्द्र प्रसाद त्रिपाठी, श्यामकृष्ण महर्जन, जयदेव सिंह धामी, दीपक अधिकारी, शिशिर उप्रेती, प्रकाश थापा, राजकुमार श्रेष्ठ, पुरुषोत्तम महर्जन र गोविन्द प्रसाद दंगाल सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको हो ।

अधिवेशनमा हिसानका पूर्व अध्यक्ष उमेश श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष डा. स्वागत श्रेष्ठ, महासचिव रामहरी सिलवाल, कोषाध्यक्ष शिवप्रसाद अधिकारी आदिले सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रममा शिक्षा पत्रकारिता पुरस्कारबाट शिक्षालयका प्रकाशक श्याम तण्डुकारलगायतलाई सम्मान र पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *