अलपत्र पर्यटकलाई राहत: अबुधाबीले होटल बसाइ निःशुल्क गर्ने

 अलपत्र पर्यटकलाई राहत: अबुधाबीले होटल बसाइ निःशुल्क गर्ने

काठमाडौँ। यात्रा प्रतिबन्धका कारण स्वदेश फर्कन नसकी अलपत्र परेका पर्यटक तथा आगन्तुकहरूको बसाइ खर्च अब संस्कृति तथा पर्यटन विभाग अबुधाबले व्यहोर्ने भएको छ।

विभागले पाँच दिनअघि गरिएको निर्णय सार्वजनिक गर्दै जारी परिपत्रमार्फत आबुधाबी क्षेत्रमा काबुभन्दा बाहिरको परिस्थितिका कारण फर्कन नसकेका पाहुनाहरूलाई विशेष सहुलियत दिन निर्देशन दिएको जनाएको छ। परिपत्रअनुसार भिसा वा होटलको चेक–आउट मिति सकिएका पर्यटकहरूको बसाइ अवधि स्वतः लम्ब्याइनेछ।

विभागले आबुधाबीका सबै होटलहरूलाई प्रभावित पाहुनाहरूलाई बसोबास सुविधा निरन्तर उपलब्ध गराउन तथा अतिरिक्त शुल्क नलिन स्पष्ट निर्देशन दिएको छ।

यात्रा अवरोधका कारण समस्यामा परेका पर्यटकहरूको सुरक्षालाई प्राथमिकतामा राख्दै आवश्यक व्यवस्थापन र समन्वय जारी रहेको विभागले जनाएको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *