इरानको नयाँ निशाना टेक कम्पनीमा, गुगल–माइक्रोसफ्टलाई धम्की

 इरानको नयाँ निशाना टेक कम्पनीमा, गुगल–माइक्रोसफ्टलाई धम्की

काठमाडौं  इरानले अब मध्यपूर्वमा रहेका अमेरिकी प्रविधि कम्पनीलाई पनि निशाना बनाउने चेतवानी दिएको छ । इरानको शक्तिशाली सैन्य दस्ता इस्लामिक रिभलुसनरी गार्ड कोरले अमेरिकी सेना र इजरायलसँग सम्बन्ध रहेका कम्पनीलाई निशाना बनाउने चेतवनी दिएको हो ।

इरानको तस्निम समाचार संस्थाले ती कम्पनीहरूका प्रविधि सैन्य प्रयोजनका लागि प्रयोग भइरहेको दाबी गर्दै इरानको नयाँ निशानाका रूपमा चित्रण गरेको हो । क्षेत्रीय युद्धको दायरा विस्तार हुँदै गर्दा अब ती कम्पनीको पूर्वाधारलाई पनि निशाना बनाइने दाबी गरिएको छ ।

यस सूचीमा गुगल, माइक्रोसफ्ट, पलान्टिर, आईबीएम, एनभिडिया र ओराकल जस्ता विश्वविख्यात कम्पनीहरू समावेश छन् । इजरायलका विभिन्न सहरहरूका साथै केही खाडी मुलुकहरूमा रहेका यी कम्पनीका क्लाउड–आधारित सेवाका कार्यालय र पूर्वाधारहरूलाई सम्भावित निशानाको रूपमा हेरिएको छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *