जनताको फैसला अन्तिम, जनमतको पूर्ण सम्मान गर्छु: केपी ओली

 जनताको फैसला अन्तिम, जनमतको पूर्ण सम्मान गर्छु: केपी ओली

काठमाडौँ । हालै सम्पन्न निर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक भएसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हार स्वीकार गरेका छन्। पार्टीले अपेक्षा गरेअनुसार सिट हासिल गर्न नसकेपछि अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्राप्त जनमतलाई सम्मान गर्ने बताएका हुन्।

निर्वाचनको परिणाम आफ्नो पक्षमा नआए पनि ओलीले यसलाई लोकतन्त्रको सुन्दर पक्षको रूपमा व्याख्या गरेका छन्। उनले फेसबुकमा लेखेका छन्, “लोकतन्त्रमा जनताको फैसला नै अन्तिम हुन्छ। निर्वाचनमा हामीले सोचेजस्तो परिणाम प्राप्त गर्न सकेनौँ, तर प्राप्त जनमतलाई पूर्ण सम्मानका साथ शिरोधार्य गर्दछौँ।”

कठिन परिस्थितिका बाबजुद पार्टीको चुनाव चिन्ह ‘सूर्य’ मा मतदान गर्ने सम्पूर्ण मतदाता, अहोरात्र खट्ने नेता, कार्यकर्ता र शुभेच्छुकहरूलाई ओलीले विशेष आभार व्यक्त गरेका छन्। उनले समर्थकहरूको अटुट विश्वास नै आफ्नो र पार्टीको मुख्य शक्ति भएको उल्लेख गरेका छन्।

अध्यक्ष ओलीले चुनावी हारबाट विचलित नहुने दृढता व्यक्त गर्दै आगामी दिनमा पनि जनताकै सेवामा समर्पित रहने संकेत दिएका छन्।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *