इरानको मिसाइल खतराका कारण यूएईको हवाई क्षेत्र बन्द
काठमाडौँ । यूएईको रक्षा मन्त्रालयले इरानबाट आउन सक्ने मिसाइल खतरालाई ध्यानमा राख्दै आफ्नो हवाई क्षेत्र बन्द गरेको छ।
रोयटर्सका अनुसार, इरानबाट आउने मिसाइल र ड्रोन खतरालाई यूएईको हवाई रक्षा प्रणालीले जवाफ दिइरहेको छ।
रोयटर्सलाई उद्धृत गर्दै त्यहाँको स्थानीय समाचार एजेन्सीले जनाए अनुसार, यूएईको उड्डयन प्राधिकरणले ‘असाधारण सावधानीमूलक उपाय’ स्वरूप देशको हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको छ।
फेब्रुअरी २८ देखि इजरायल र अमेरिकाले इरानका सैन्य पूर्वाधारहरूमा संयुक्त आक्रमण गरेपछि यो द्वन्द्वको असर खाडी मुलुकमा परेको हो ।
यसको प्रतिशोधमा इरानले इजरायलका साथै अमेरिकी सैन्य अखडाहरू रहेका खाडी मुलुक ९युएई, साउदी अरब, कतार, बहराइन र कुवेत० मा लगातार मिसाइल र ड्रोन प्रहार गरिरहेको छ।
