पश्चिमी वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा वर्षाको सम्भावना

 पश्चिमी वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । देशका केही स्थानमा आज हिमपात र वर्षाको सम्भावना छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण हिमपात र वर्षाको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी पहाडी र तराई भूभागमा आंशिक बादल लाग्नेछ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागका थोरै स्थानमा र बाँकी हिमाली क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

विभागले राति गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।

कोसी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जानकारी दिएको छ ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *