साना किसान सहकारीद्वारा वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ सम्बन्धी कार्यक्रम सम्पन्न
धाडिङ– सामुदायिक साना किसान कृषि सहकारी संस्था लिमिटेड नलाङ धाडिङको आयोजनामा वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
चैत्र ५ गते सिद्धेश्वर माध्यमिक विद्यालयमा आयोजना गरिएको कार्यक्रममा ५३ जना विद्यार्थी शिक्षक एवम् अभिभावको सहभागीता रहेको थियो ।
कार्यक्रममा सहजीकरणको क्रममा सहकारीका अध्यक्ष तिलक सिंखडा ले डिजिटल बैंकिङ प्रणाली तथा बैंकिङ सेवाका विषयमा जानकारी दिनुभएको थियो ।
संस्थाका प्रबन्धक अम्विका न्यौपाने सिलवालले वित्तीय साक्षरता, बचतको महत्त्व विशेष गरी बाल बचत, तथा सहकारीको परिचय र हालसम्मको प्रगतिका विषयमा सहभागीहरूलाई जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा सहभागी गरिब तथा जेहेन्दार २० जना छात्रछात्रालाई स्टेशनरी सामग्री वितरण गरिएको सहकारीले जनाएको छ।
यस कार्यक्रमले स्थानीय समुदायमा वित्तीय चेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको विश्वास गरिएको छ।
