कपिलवस्तुमा निषेधाज्ञा हट्यो

 कपिलवस्तुमा निषेधाज्ञा हट्यो

काठमाडौं । कपिलवस्तुमा गत शनिबारदेखि लागू गरिएको निषेधाज्ञा हटाइएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले आज बिहान ९ बजेदेखि निषेधाज्ञा पूर्ण रूपमा हटाइएको जानकारी दिए ।

अवस्था सहज हुँदै गएपछि शान्ति सुरक्षाको अवस्था सामान्यीकरण गर्दै नागरिकको जीवनयापन सहज बनाउन निषेधाज्ञा हटाइएको उनले बताए । निषेधाज्ञा हटेसँगै जिल्लामा जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । बजार क्षेत्रमा पसलहरू खुल्न थालेका छन् भने मानिसहरूको आवतजावत समेत बढ्न थालेको छ ।

महाराजगञ्ज नगरपालिका वडा नम्बर २ को बर्गदा गाउँमा शनिबार बिहान दुई समुदायबीच भएको विवादले उग्र रूप लिँदै अशान्त बनेपछि दिउँसो २ बजेदेखि महाराजगञ्ज नगरपालिकाको विभिन्न क्षेत्र तोकेर जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको थियो ।

1000071741-1774337428.jpg

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *