सुनको मूल्यमा वृद्धि: एकैदिन १४ हजार ६०० ले बढ्यो
काठमाडौं । केही दिनयता लगातार घट्दै आइरहेको सुनको भाउ बुधबार (चैत ११) ह्वात्तै बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन सुन तोलामा १४ हजार ६०० रुपैयाँले बढेको हो ।
उपभोक्ताले एक तोला सुन खरिद गर्न दुई लाख ८८ हजार ५०० रुपैयाँ तिर्नुपर्नेछ ।
हिजो प्रतितोला दुई लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य भने तोलामा ४१५ रुपैयाँले बढेर चार हजार ९२० रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन चार हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो ।
