प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको सपथ ग्रहण सम्पन्न
काठमाडौं — प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले सिंहदरबारस्थित अस्थायी संसद भवनमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ लिएका छन्। नयाँ संसद भवन निर्माण सम्पन्न नभएकाले अस्थायी संरचनामै शपथग्रहण कार्यक्रम सम्पन्न गरिएको हो।
प्रतिनिधि सभाका नेतृत्व ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सपथ ग्रहणा गराएका हुन्। उनलाई यसअघि रामचन्द्र पौडेल ले पद तथा गोपनीयताको शपथ गराएका थिए।
नेपालको संविधान तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार सांसदहरूले पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था रहेको छ। सोही प्रावधानअनुसार नयाँ सांसदहरूले औपचारिक रूपमा आफ्नो कार्यकाल सुरु गरेका हुन्।
गत फागुन २१ गते सम्पन्न निर्वाचनबाट ६ दलका प्रतिनिधिहरूले संसदमा प्रतिनिधत्व गरेका छन्। हालको परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा ठूलो दलका रूपमा उभिएको छ। अन्य प्रमुख दलहरूमा नेपाली कांग्रेस, नेकपा (एमाले) लगायत रहेका छन्।
नयाँ संसद भवन निर्माण नभएसम्म संसदका आगामि बैठकहरू पनि यही अस्थायी संरचनाबाट सञ्चालन हुने संसद सचिवालयले जनाइएको छ। सपथ ग्रहण सगैं नवनिर्वाचित सांसदहरूको संसदीय यात्रा औपचारिक रूपमा सुरु भएको छ।
