प्रधानमन्त्री बालेन्द्र शाहद्वारा मन्त्रिपरिषद् गठन तीव्र: सोबिता गौतमलाई कानुन, प्रतिभा रावललाई सामान्य प्रशासन

 प्रधानमन्त्री बालेन्द्र शाहद्वारा मन्त्रिपरिषद् गठन तीव्र: सोबिता गौतमलाई कानुन, प्रतिभा रावललाई सामान्य प्रशासन

काठमाडौं । प्रधानमन्त्रीमा नियुक्त भएका बालेन्द्र शाह ले मन्त्रिपरिषद् गठनलाई तीव्रता दिएका छन्। उनले चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद सोबिता गौतम लाई कानुन मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सुरुवातमा गौतमलाई प्रतिनिधि सभाको सभामुख बनाउने चर्चा भए पनि अनुभवको आधारमा उनलाई कानुन मन्त्रालयको जिम्मेवारी दिने निष्कर्षमा पुगेको हो। अधिवक्तासमेत रहेकी गौतमलाई आवश्यक तयारीका साथ मन्त्रालय सम्हाल्न निर्देशन दिइएको छ।

सोबिता गौतमलाई कानुन मन्त्रालयमा पठाएपछि सभामुख पदका लागि पार्टीका उपसभापति डोलप्रसाद अर्याल ‘डीपी’ लाई अगाडि सार्ने तयारी गरिएको छ।

यसैबीच, प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टीकी सह-प्रवक्ता प्रतिभा रावल लाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेका छन्। उनले सुनिल लम्साल लाई भौतिक पूर्वाधार मन्त्रालयमा अगाडि सार्दै रावललाई प्रशासनतर्फ जिम्मेवारी दिएका हुन्।

रावल, रवि लामिछाने निकट नेतृका रूपमा चिनिन्छिन्। पत्रकारिता पृष्ठभूमि भएकी उनी रास्वपा गठनदेखि नै सक्रिय रहँदै आएकी छिन् र हाल समानुपातिक सांसदका रूपमा प्रतिनिधित्व गरिरहेकी छन्।

यससँगै प्रधानमन्त्री शाहले आफ्नो टिमलाई सन्तुलित र कार्यक्षम बनाउने रणनीतिअनुसार मन्त्रालय बाँडफाँड गरिरहेको देखिन्छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *