नवनियुक्त शाहले लिए प्रधानमन्त्रीको शपथ

 नवनियुक्त शाहले लिए प्रधानमन्त्रीको शपथ

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह ले प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। रामचन्द्र पौडेल ले शीतल निवासमा आयोजित विशेष समारोहबीच उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

शपथ ग्रहण समारोहमा विभिन्न उच्चपदस्थ व्यक्तित्वहरूको उपस्थिति रहे पनि पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा र केपी शर्मा ओली भने सहभागी भएनन्।

प्रधानमन्त्री शाह यसपटक झापा क्षेत्र नम्बर ५ बाट निर्वाचन जित्दै प्रतिनिधिसभामा प्रवेश गरेका हुन्। उनले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई ४९ हजार ६१४ मतान्तरले पराजित गरेका थिए।

युवा पुस्ताका प्रतिनिधिका रूपमा चिनिएका शाह ३६ वर्षको उमेरमै देशको कार्यकारी प्रमुख बनेका छन्। यसअघि काठमाडौं महानगरपालिका का मेयरका रूपमा कार्यसम्पादन गरिसकेका उनी अहिले नेपालका युवा तथा मधेशी मूलका पहिलो प्रधानमन्त्रीसमेत बनेका छन्।

उनको नेतृत्वसँगै देशमा नयाँ पुस्ताको राजनीति र परिवर्तनको अपेक्षा बढेको छ।

आहा नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *